मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१० प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ सर्‍यो?

2K
SHARES
१० प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ सर्‍यो?

काठमाडौं । गृह मन्त्रालयले देशभरका १० जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकको निर्णयमा आधारित सरुवामा विभिन्न जिल्लामा कार्यरत प्रजिअहरूलाई नयाँ कार्यस्थलमा पठाइएको हो ।

गृह मन्त्रालयका अनुसार जनार्दन गौतमलाई डडेल्धुरा, बुद्धबहादुर गुरुङलाई डोटी, सहसचिव रामुराज कडरियालाई गोरखा, सुरेश पन्थीलाई भोजपुर र सुनिता नेपाललाई इलाम पठाइएको छ ।

त्यसैगरी, नेत्रप्रसाद सुवेदी सल्यान, केदारनाथ शर्मा जुम्ला, वासुदेव दाहाल रोल्पा, पुण्यविक्रम पौडेल बैतडी र दिनेश सागर भुसाल सिन्धुलीका प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् ।

मन्त्रालयले १७ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

सुची



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३, मंगलवार १२:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP