मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिमाली–पहाडी क्षेत्रमा बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना

637
SHARES
हिमाली–पहाडी क्षेत्रमा बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा बदलीको अवस्था देखिएको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनसक्नेछ । यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ ।

रातिको समयमा पनि तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १५, बिहीबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP