मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

442
SHARES
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भू–भागमा आज दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा हिमाली तथा पहाडी भू–भागसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १२, सोमबार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP