मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेताको जिम्मेवारी

650
SHARES
विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेताको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बैठकले अनुमोदन गरेको एक एमाले नेताले जानकारी दिए ।

भण्डारीलाई वरिष्ठ नेता बनाउने विषयमा बिहीबारै बसेको पार्टी सचिवालय बैठकमा समेत छलफल भएको थियो । त्यसपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव राखेका हुन् ।

भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन् । राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि उनले पुनः सक्रिय राजनीतिमा फर्किने इच्छा व्यक्त गर्दै पार्टी सदस्यता नवीकरण गरेकी थिइन् । उनले एमालेमै रहेर आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताउँदै आएकी थिइन् ।

तर, पार्टी सदस्यता नवीकरणका लागि भण्डारीले दिएको निवेदन एमालेले केही समय ‘होल्ड’मा राखेको थियो । पछिल्लो निर्णयसँगै उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ८, बिहीबार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP