मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालक अर्जुन तामाङ रहेको पुष्टि, अरूको कागजात प्रयोग गरेको खुल्यो

598
SHARES
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालक अर्जुन तामाङ रहेको पुष्टि, अरूको कागजात प्रयोग गरेको खुल्यो

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले प्रारम्भिक अनुसन्धानबाट अर्जुनले विभिन्न व्यक्तिको नाममा जारी भएका कागजात प्रयोग गर्दै आएको देखिएको जानकारी दिए । त्रिपुरेश्वर घटनाका क्रममा उनले दावा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा अर्जुनले दावा लामाकै नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने तथ्य फेला परेको छ । अन्य व्यक्तिका कागजात प्रयोग गर्नुको कारण र त्यसबाट भएका गतिविधिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा पनि अर्जुनको संलग्नता देखिएको थियो । उक्त घटनापछि उनी फरार रहेको र त्यतिबेला उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको एसएसपी घिमिरेले बताए ।

त्यसैगरी, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार भएको घटनामा पनि अर्जुनले अर्कै व्यक्तिको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अर्जुनले विगतमा अन्य व्यक्तिका नाममा जारी भएका नागरिकता, सवारीचालक अनुमतिपत्रलगायतका परिचयपत्र प्रयोग गरेको हुन सक्ने प्रहरीको आशंका छ । यसबारे थप प्रमाण तथा विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ६, मंगलवार ०६:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP