मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न, बिहीबारदेखि नागढुंगा–मुग्लिन सडक सञ्चालन हुने

195
SHARES
कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न, बिहीबारदेखि नागढुंगा–मुग्लिन सडक सञ्चालन हुने

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोले भत्काएको सडकको विकल्पमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । ट्र्याक निर्माण पूरा भएसँगै बिहीबारदेखि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले ड्रोनबाट खिचिएको कृष्णभीर क्षेत्रको पछिल्लो तस्बिर तथा भिडियो सार्वजनिक गर्दै नयाँ ट्र्याक निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

भदौ १४ गतेदेखि कृष्णभीरमा पहिरो गएर सडक बगाएपछि नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समेत समस्या देखिएको थियो ।

सडक सञ्चालनमा आएपछि राजधानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ । यससँगै लामो समयदेखि प्रभावित आपूर्ति व्यवस्थामा पनि क्रमशः सुधार आउने सरकारी अधिकारीहरूको विश्वास छ ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा ल्याउन नयाँ ट्र्याक निर्माणको काम अघि बढाइएको थियो । जोखिमपूर्ण भूगोल र निरन्तरको वर्षाका बीच निर्माण कार्य सम्पन्न गरिएको जनाइएको छ ।

नागढुंगा–मुग्लिन सडक राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग भएकाले यसको अवरोधले यातायात तथा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पार्दै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३१, बुधबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP