मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठक: आज चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

572
SHARES
प्रतिनिधिसभा बैठक: आज चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कृषि, वन तथा वातावरणमन्त्रीले सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिनेछन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) पेस गर्ने कार्यक्रम छ ।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, गौतमलेनै संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्नेछिन् ।

यसैबीच, आज पाँचवटा संसदीय समितिको बैठकसमेत बस्ने भएको छ । कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २, मंगलवार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP