मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुनी प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

182
SHARES
देशभर मनसुनी प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव अझै सक्रिय रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमै रहेकाले देशका अधिकांश भू-भागमा बदली र वर्षाको अवस्था कायम रहनेछ ।

हाल मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ ।

महाशाखाका अनुसार कोशी र बागमतीका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागमा दिनभर सामान्य बदली रहने अनुमान छ । मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।

दिउँसो तथा रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २८, बिहीबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP