मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बढ्यो पेट्रोलियमको मूल्य, निगम भन्छ– ‘१५ दिनमै करिब साढे एक अर्ब घाटा’

169
SHARES
बढ्यो पेट्रोलियमको मूल्य, निगम भन्छ– ‘१५ दिनमै करिब साढे एक अर्ब घाटा’

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार बिहानदेखि लागू भएको नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकासहितका तेस्रो वर्गका क्षेत्रमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँले मूल्य बढाइएको हो । यसअघि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १९७ रुपैयाँ र डिजेल १९५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको थियो । नयाँ समायोजनपछि यी दुवै इन्धनको मूल्य समान बनेको छ । पहिलो र दोस्रो वर्गका क्षेत्रमा पनि सोही अनुपातमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

हवाई इन्धनतर्फ भने आन्तरिक उडानका लागि प्रतिलिटर २० रुपैयाँले मूल्य बढाइएको छ । यससँगै आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २४९ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौंका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलर वृद्धि गरिएको छ भने पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि नाफा–नोक्सान बराबरी हुने मूल्य कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २,०६० रुपैयाँमै यथावत राखिएको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर २०.१९ रुपैयाँ र डिजेल ३९.६७ रुपैयाँले महँगो भएर आए पनि उपभोक्तामाथि भार कम पार्ने उद्देश्यले सीमित मात्र मूल्य वृद्धि गरिएको हो ।

मूल्य समायोजनपछि पनि निगमको आर्थिक अवस्था सहज नभएको जनाएको छ । निगमका अनुसार हालको बिक्री मूल्यका आधारमा पनि प्रत्येक १५ दिनमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढिरहेकाले आर्थिक दबाब झन् बढेको भन्दै निगमले इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन उपभोक्तासँग आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १८, सोमबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP