मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुन सक्रिय, आज रातिसम्म अति भारी वर्षाको सम्भावना

468
SHARES
देशभर मनसुन सक्रिय, आज रातिसम्म अति भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज दिनभर र रातिसम्म धेरै स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सम्भावित वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि नेपालको तराई आसपास रहेको छ भने पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ । यही प्रणालीका कारण देशका अधिकांश क्षेत्रमा बादल लागेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । साथै पहाडी र तराईका अधिकांश क्षेत्रमा पनि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्नेछ भने कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि मौसममा खासै सुधार नआउने पूर्वानुमान छ । देशभर अधिकांश स्थानमा बादल रहने र पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ ।

महाशाखाले अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी–नाला उर्लिन सक्ने, बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त स्थानका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २, शनिबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP