मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद्मा उठेका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

1K
SHARES
संसद्मा उठेका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका विषयमा स्पष्ट जवाफ दिन नेपाल सरकारलाई निर्देशन दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले बाढी, पहिरो, डुबान, विपद् तयारीदेखि कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनासम्मका विषय उठाएपछि सभामुखले सरकारलाई संसद्मै जानकारी गराउन भने ।

सभामुख अर्यालले सांसदहरूले उठाएका विषय गम्भीर र महत्वपूर्ण भएकाले सम्बन्धित निकायले आवश्यक जवाफ दिनुपर्ने बताए । साथै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि गरिएको पूर्वतयारी र विपद् व्यवस्थापनका कामबारे पनि संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिए ।

बैठकमा कर्णाली राजमार्गमा हालै भएको सवारी दुर्घटनामा उद्धार कार्य प्रभावकारी नभएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले सरकारको आलोचना गरेका थिए । उद्धारमा ढिलाइ भएको आरोपबारे गृहमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग पनि उठेको थियो ।

रमेश प्रसाईंले दुर्घटनापछि सरकारले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरेर उद्धार गरेको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ आवश्यक रहेको बताए । उनले दुर्घटनामा उद्धारमा लापरबाही भएको भन्ने आरोपको यथार्थ सार्वजनिक गर्न र भविष्यमा कर्णाली राजमार्गमा यस्ता घटना दोहोरिन नदिन सरकारले तयार पारेका दीर्घकालीन योजनाबारे पनि गृहमन्त्रीले संसद्मा जानकारी दिनुपर्ने माग गरे ।

सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट एउटै विषयमा सरकारको जवाफ माग भएपछि सभामुख अर्यालले सरकारलाई संसद्मै उपस्थित भएर आवश्यक स्पष्टीकरण दिन निर्देशन दिएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २२, सोमबार ०८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP