मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सीमा सुरक्षा बैठककै क्रममा ढलेका सशस्त्र प्रहरीका एसपी घिमिरेको निधन

1.5K
SHARES
सीमा सुरक्षा बैठककै क्रममा ढलेका सशस्त्र प्रहरीका एसपी घिमिरेको निधन

काठमाडौं । सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका घिमिरेको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

शुक्रबार दिउँसो मोरङको विराटचोकमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेको थियो । बैठककै क्रममा एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी, सुनसरी पकलीका डीआईजी कुमार न्यौपानेका अनुसार घिमिरेलाई हृदयघात भएको थियो । ढलेलगत्तै उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो ।

चिकित्सकको प्रयासका बाबजुद उपचार सफल हुन नसकी विराट मेडिकल कलेजमा राति ८ः५२ मा उनको निधन भएको डीआईजी न्यौपानेले जानकारी दिए । हाल एसपी घिमिरेको शव पोस्टमार्टमका लागि विराट टिचिङ अस्पतालकै शव गृहमा राखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार ०१:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP