मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाकिस्तानी आक्रमणमा तीन अफगान क्रिकेटरको मृत्यु, त्रिकोणीय टी–२० शृंखलाबाट फिर्ता हुने एसीबीको घोषणा

2.1K
SHARES
पाकिस्तानी आक्रमणमा तीन अफगान क्रिकेटरको मृत्यु, त्रिकोणीय टी–२० शृंखलाबाट फिर्ता हुने एसीबीको घोषणा

काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पक्तिका प्रान्तमा पाकिस्तानतर्फबाट गरिएको आक्रमणमा तीन क्रिकेट खेलाडीको मृत्यु भएको पुष्टि गरेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै घटनाको तीव्र निन्दा गरेको छ र खेलाडीहरूप्रति सम्मानस्वरूप पाकिस्तानसँगको आगामी टी–२० त्रिकोणीय श्रृंखला नखेल्ने निर्णय सार्वजनिक गरेको छ ।

एसीबीले कवीर, सिब्घतुल्लाह र हारुन नाम गरेका तीन खेलाडीको तस्बिर सेयर गर्दै उनीहरूलाई शुक्रबार साँझ सोही आक्रमणमा प्रत्यक्ष लक्ष्य बनाइएको जनाएको छ । घटना क्रममा थप पाँच जना सर्वसाधारणले पनि ज्यान गुमाएको बोर्डले उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “खेलाडीसँग एकात्मता र यस अमानवीय कृतिको विरोधस्वरूप अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बर अन्त्यमा पाकिस्तानसँग तय भएको त्रिकोणीय टी–२० श्रृंखलाबाट फिर्ता हुने निर्णय गरेको छ ।”

उक्त श्रृंखला नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिण्डीमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच आयोजना हुने तय गरिएको थियो । यस सम्बन्धमा पाकिस्तान क्रिकेट बोर्डले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १, शनिबार ०७:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP