मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालोन डी’ओर डेम्बेलेलाई, बोनामतीले गरिन् ह्याट्रिक

1.6K
SHARES
बालोन डी’ओर डेम्बेलेलाई, बोनामतीले गरिन् ह्याट्रिक

काठमाडौं । फ्रान्स र पेरिस सेन्ट जर्मन (पिएसजी)का फरवार्ड ओसमाने डेम्बेले यस वर्षको बालोन डी’ओर अवार्ड विजेता बनेका छन् । उनले बार्सिलोनाका प्रतिभाशाली विङ्गर लामिन यामल र आफ्नै सहकर्मी भिटिन्हालाई पछि पार्दै प्रतिष्ठित उपाधि हात पारे ।

२८ वर्षीय डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए । उत्कृष्ट प्रदर्शनका कारण उनी ‘च्याम्पियन्स लिग प्लेयर अफ द इयर’ समेत घोषित भएका थिए ।

यसपटक शीर्ष १० खेलाडीको सूचीमा पिएसजीका ५ खेलाडी परेका छन् । अक्राम हाकिमी छैटौँ, जियानलुइजी डोनारुम्मा नवौँ र नुनो मेन्डेज दशौँ स्थानमा रहेका छन् ।

लिभरपुलका मोहम्मद सालाह चौथो, बार्सिलोनाका राफिन्हा पाँचौँ, रियल म्याड्रिडका किलियन एम्बाप्पे सातौँ र चेल्सीका कोल पाल्मर आठौँ स्थानमा परे ।

बार्सिलोनाका १६ वर्षीय लामिन यामलले कोपा ट्रफी (उदीयमान खेलाडी पुरस्कार) जितेका छन् ।

महिलातर्फ भने स्पेनकी एइतान्ना बोनामतीले लगातार तेस्रो पटक बालोन डी’ओर जित्दै इतिहास रचिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP