मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमएलएसमा मेसीको अर्को कीर्तिमान

2.9K
SHARES
एमएलएसमा मेसीको अर्को कीर्तिमान

काठमाडौं । अर्जेन्टिनी कप्तान लिओनल मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा गोल वर्षा रोक्नै सकेका छैनन् । निरन्तर शानदार प्रदर्शन गरिरहँदा उनले अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

इन्टर मायामीका लागि खेलिरहेका मेसीले हालैको खेलमा पनि दुई गोल गर्दै टिमलाई न्यासभिलविरुद्ध २–१ को जित दिलाए । योसँगै मेसीले लगातार पाँचौ खेलमा दुई–दुई गोल गरेका छन्, जुन एमएलएस इतिहासमै अनौठो उपलब्धि हो ।

खेलको १७औँ मिनेटमा उनले एक उत्कृष्ट फ्रि (किकमार्फत गोल गर्दै मायामीलाई अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै न्यासभिलका लागि हानी मुख्तारले गोल फर्काए पनि खेलको ६२औँ मिनेटमा मेसीले निर्णायक गोल गरे । गोलकिपर जो विलिसको पासलाई बीचमै रोकेर जाली चुमाएका उनले पुनः टिमलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो ।

यससँगै मेसीको व्यक्तिगत गोल संख्या १६ खेलमा १६ पुगेको छ, जसले उनलाई न्यासभिलका साम सरिजसँग संयुक्त रूपमा लिगको शीर्ष गोलकर्ताको स्थानमा ल्याएको छ ।

मेसीको यो गोल यात्रा मे महिनाबाट सुरु भएको हो । मोन्ट्रियल र कोलम्बसविरुद्ध उनले पहिलोपटक लगातार दुई गोल गरेका थिए । त्यसपछि क्लब विश्वकपमा सहभागी भएर फर्किएका उनले फेरि मोन्ट्रियल, न्यु इंग्ल्यान्ड रिभोलुसन र हालैको न्यासभिलविरुद्ध पनि दुई–दुई गोल गर्दै यो कीर्तिमानी लहर कायम राखेका हुन् ।

इन्टर मायामी पूर्वी कन्फरेन्सको अंक तालिकामा यथावत् रहे पनि अब उसले शीर्ष स्थानको फिलाडेल्फियासँगको अन्तर केवल पाँच अंकमा झारेको छ । अझ महत्त्वपूर्ण कुरा, मायामीले फिलाडेल्फियाभन्दा तीन खेल कम खेलेको छ, जसले लिगको शीर्ष स्थान हासिल गर्ने सम्भावना जीवितै राखेको छ ।

मेसीको पछिल्ला पाँच खेलः
Vs मोन्ट्रियल — २ गोल
Vs कोलम्बस — २ गोल
Vs मोन्ट्रियल (फर्किएपछि) — २ गोल
Vs न्यु इंग्ल्यान्ड — २ गोल
Vs न्यासभिल — २ गोल

अब सबैको ध्यान मेसीको अर्को खेलमा केन्द्रित हुनेछ— के उनले यो गोल लयलाई छैटौँ खेलसम्म लम्ब्याउने छन्?



अगुल्टो अगुल्टो   
  • २०८२ असार २९, आईतवार ०८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP