मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्लब विश्वकपः रियललाई हराउँदै पीएसजी उपाधि नजिक, फाइनलमा चेल्सीसँग भिडन्त

2.1K
SHARES
क्लब विश्वकपः रियललाई हराउँदै पीएसजी उपाधि नजिक, फाइनलमा चेल्सीसँग भिडन्त

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडमाथि ४–० को प्रचण्ड जित निकाल्दै फ्रेन्च क्लबले उपाधि यात्रामा बलियो कदम चालेको हो ।

पीएसजीको प्रभावशाली जितमा फेबियन रुइजले दुई गोल गरे भने ओसामाने डेम्बेले र गोन्कालो रामोसले एक–एक गोल थपे । खेलको छैटौँ मिनेटमै रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसपछि नवौँ मिनेटमा डेम्बेलेले गोल गर्दै त्यो अग्रता दोब्बर बनाए ।

यता, डेम्बेलेले खेलको पहिलो हाफमै व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको तेस्रो गोल पूरा गरे । पहिलो हाफमै ३–० को मजबूत अग्रता लिएको फ्रेन्च टोलीले दोस्रो हाफको ८७औँ मिनेटमा रामोसको गोलमार्फत अन्तिम स्कोर ४–० मा पुर्‍यायो ।

अब उपाधिका लागि पीएसजीले आइतबार प्रिमियर लिग क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले पहिलो सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरिसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २६, बिहीबार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP