मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय संसद्का दुवै सदन आज बस्दै, आर्थिक सर्वेक्षणदेखि चलचित्र विधेयकसम्म छलफल हुने

1.1K
SHARES
संघीय संसद्का दुवै सदन आज बस्दै, आर्थिक सर्वेक्षणदेखि चलचित्र विधेयकसम्म छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) फरक–फरक समयमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सम्बन्धी सन्देशसहितको विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

उता राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि छलफल अघि बढाउन प्रस्ताव पेश गरिनेछ ।

यसैबीच, प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज बिहान बस्दैछ । बैठकमा किसानका लागि रासायनिक मलको सहज आपूर्ति, मौज्दात अवस्था, वितरण प्रणाली तथा आगामी योजनाबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १३, बुधबार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP