मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपति पौडेलको सन्देश: सत्य सूचना प्रवाहमा दृढ रहन आग्रह

858
SHARES
प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपति पौडेलको सन्देश: सत्य सूचना प्रवाहमा दृढ रहन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६० का अवसरमा सम्पूर्ण नेपाली पत्रकार तथा नागरिकहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली सञ्चार क्षेत्रलाई संविधानले दिएको अधिकारको पूर्ण उपयोग गर्दै निर्भीक रूपमा सत्य सूचना प्रवाह गर्न प्रेरित गरेका छन् ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारिताले समाजमा सत्य र तथ्य स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले पत्रकारहरूलाई निष्पक्षता र जिम्मेवारीका साथ सत्यको खोजी र यथार्थ समाचार सम्प्रेषणमा केन्द्रित हुन आग्रह गरेका छन् ।

उनका अनुसार प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ हो, जसले नागरिकलाई सुसूचित बनाउने अधिकार सुनिश्चित गर्छ । विगतका लोकतान्त्रिक आन्दोलनहरूमा प्रेसले खेलेको भूमिकालाई स्मरण गर्दै उनले स्वतन्त्र र सशक्त सञ्चार माध्यमले मात्र लोकतन्त्रलाई मजबुत बनाउने धारणा व्यक्त गरेका छन् ।

राष्ट्रपतिले पत्रकारका लागि सुरक्षित र अनुकूल कार्य वातावरणको आवश्यकता औंल्याउँदै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन् । सूचना सङ्कलनदेखि प्रकाशनसम्मको प्रक्रिया स्वतन्त्र र अवरोधरहित हुनुपर्ने उनको जोड छ, जसले सबै वर्ग र समुदायको आवाजलाई प्रभावकारी रूपमा बाहिर ल्याउन मद्दत पुर्‍याउँछ ।

साथै, उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फैलिन सक्ने भ्रामक र मिथ्या सूचनाप्रति सचेत रहन आग्रह गरेका छन् । यस्ता चुनौतीबीच सत्य, तथ्य र विश्वसनीय जानकारी जनतासमक्ष पुर्‍याउन नेपाली सञ्चार क्षेत्र अझ सक्रिय बन्नुपर्ने उनको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २०, आईतवार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP