मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद् स्थगनपछि अध्यादेश वर्षा, विपक्षी दलको कडा आपत्ति

182
SHARES
संसद् स्थगनपछि अध्यादेश वर्षा, विपक्षी दलको कडा आपत्ति

काठमाडौं । संसद् अधिवेशन अन्त्य गरिएलगत्तै सरकारले धमाधम अध्यादेश ल्याएको भन्दै प्रमुख विपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेसहित चार दलले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई ती अध्यादेश स्वीकृत नगर्न आग्रह गरेका छन् ।

आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षीहरूको संयुक्त बैठकले सरकारको कदमलाई असंसदीय र अलोकतान्त्रिक ठहर गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसका आङदेम्बे, एमालेका रामबहादुर थापा ‘बादल’, नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधि सरस्वती लामाले हस्ताक्षर गरेका छन् ।

विपक्षी दलका अनुसार सरकारले वैशाख १४ गते ‘संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६’ र ‘सहकारी ऐन, २०७४’ संशोधन गर्न अध्यादेश ल्याएको छ । त्यसैगरी वैशाख १५ गते ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘केही नेपाल कानुन संशोधन अध्यादेश’ तथा ‘विश्वविद्यालयसम्बन्धी अध्यादेश’ पनि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

संयुक्त विज्ञप्तिमा संसद् आह्वान गरेर तत्काल स्थगन गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न खोज्नु लोकतान्त्रिक मूल्यमान्यताको विपरीत भएको उल्लेख गर्दै यस्तो अभ्यासको कडा विरोध गरिएको छ । विपक्षीहरूले यस कदमप्रति भर्त्सना र निन्दा गर्दै संवैधानिक प्रक्रियाको सम्मान गर्न सरकारलाई चेतावनी दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १६, बुधबार ०९:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP