मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी तथा स्थानीय वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

325
SHARES
पश्चिमी तथा स्थानीय वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षा र हिमपात भइरहेको छ।

आज सोमबारका लागि गरिएको पूर्वानुमानअनुसार देशका पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र अन्य पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई पछिल्लो मौसमी अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ९, सोमबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP