मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

442
SHARES
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।

विशेष समारोहका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ । सोही अनुसार यही २० फागुनमा १९ जना सदस्यको कार्यकाल समाप्त भएको थियो । तीमध्ये एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेकाले बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन गरिएको थियो ।

निर्वाचनबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन् । मधेस प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा विजयी भएका थिए ।

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा तथा लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २५, सोमबार १०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP