मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सहभागिता बढाउन र बदर मत घटाउन देशभर मतदाता शिक्षा अभियान तीव्र

637
SHARES
सहभागिता बढाउन र बदर मत घटाउन देशभर मतदाता शिक्षा अभियान तीव्र

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई बढी सहभागितामूलक बनाउने र बदर मतको दर न्यूनिकरण गर्ने लक्ष्यसहित देशव्यापी मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ ।

आम नागरिकलाई मताधिकारको महत्व, मतदान प्रक्रिया र सही तरिकाले मत हाल्ने विधिबारे जानकारी दिन आयोगले स्वीकृत कार्ययोजनाअनुसार कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

फागुन ३ गतेदेखि १७ गतेसम्म देशका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको आयोगले स्पष्ट पारेको छ । स्वयंसेवकहरू मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे व्यवहारिक जानकारी दिइरहेका छन् ।

यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ । उनीहरूका लागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

यसैबीच, निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, मिथ्या तथा भ्रमपूर्ण सूचना फैलाउने र घृणास्पद अभिव्यक्ति दिने गतिविधिमाथि कडा निगरानी राखिएको छ । गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति तथा संस्थालाई सम्बन्धित नियामक निकायसँगको समन्वयमा कानुनी दायरामा ल्याउने काम भइरहेको आयोगको भनाइ छ ।

आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय रूपमा परिचालित छ । सो एकाइले हानिकारक सूचना उत्पादन तथा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादक र प्रसारकविरुद्ध कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार उजुरी दर्ता गराएको छ ।

त्यस्तै, ११ प्रकरण नेपाल दूरसञ्चार प्राधिकरणमा दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाहीका लागि पठाइएको छ । ६५ वटा प्रकरण प्रेस काउन्सिल नेपालमा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सिफारिस गरिएको छ भने एउटा प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १०, आईतवार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP