मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीलाई नै मत किन? यस्तो छ एमालेले सार्वजनिक गरेको ३० कारण

715
SHARES
ओलीलाई नै मत किन? यस्तो छ एमालेले सार्वजनिक गरेको ३० कारण

काठमाडौं । नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली लाई झापा–५ बाट विजयी गराउनुपर्ने ३० कारण सार्वजनिक गरेको छ । एमाले झापा–५ क्षेत्रीय कमिटीले जारी गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा देखि शिक्षक दरबन्दी मिलानसम्मका विविध एजेन्डा समेटिएका छन् ।

‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकमा प्रकाशित अपिलमा जनताबाट खोसिएको अधिकार पुनःस्थापनाका लागि पनि ओलीलाई निर्वाचित गराउनुपर्ने उल्लेख गरिएको छ । मुलुकको राजनीतिक स्थायित्व, लोकतान्त्रिक सुदृढीकरण र राष्ट्रिय हितको संरक्षणका लागि उनको नेतृत्व आवश्यक रहेको दाबी गरिएको छ ।

एमालेले नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराई सीपमूलक जनशक्ति उत्पादन तथा स्वरोजगार प्रवर्द्धन गर्न ओलीको भूमिका महत्वपूर्ण हुने जनाएको छ । त्यस्तै सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, कृषि क्षेत्रको आधुनिकीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित पनि ओलीलाई मतदान गर्न आग्रह गरिएको छ ।

अपिलमा नेपाल–चीन मैत्री औद्योगिक पार्क को निर्माण कार्य सम्पन्न गर्न ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख छ । साथै दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै ‘स्मार्ट सिटी’का रूपमा विकास गर्न पनि उनलाई निर्वाचित गराउनुपर्ने एमालेको भनाइ छ ।

एमालेले समग्र विकास, सुशासन र समृद्धिका लागि झापा–५ का मतदातासमक्ष ओलीलाई मतदान गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २, शनिबार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP