मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलन घटनाको छानबिन आयोगको म्याद पुनः थप

754
SHARES
जेनजी आन्दोलन घटनाको छानबिन आयोगको म्याद पुनः थप

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यावधि फेरि थप गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन तयार पार्न आयोगलाई थप २५ दिनको समय प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि आयोगको म्याद तीन पटक थप भइसकेको छ ।

मन्त्रिपरिषद्को २०८२ असोज ५ गते बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उक्त उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि तथ्यांक संकलनसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आर्थिक वर्ष २०८१÷८२ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय समेत गरेको प्रवक्ता अर्यालले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २६, सोमबार १२:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP