मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोर्चुगलमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

3.1K
SHARES
पोर्चुगलमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

लिस्बन । तामाङ जातिको भाषा, धर्म तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा मञ्जुश्री संवत् २८६२ को सोनाम ल्होछार आइतबार भव्य रूपमा मनाइएको छ ।

राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष फुर्पा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांस्कृतिक क्षेत्रका वरिष्ठ गायक चन्द्रकुमार डोङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा एनआरएन पोर्चुगलका अध्यक्ष तथा राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका संस्थापक संरक्षक सुजन लामा विशेष अतिथि थिए ।

कार्यक्रममा राई सोसाइटीका अध्यक्ष दिपेस राई, श्रम संस्कृति पार्टीका अध्यक्ष विकास आले, नेपाल पत्रकार महासङ्घ युरोप शाखाका महासचिव कैलाश खरेल, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगल आइसीसी सदस्य रेखा रेग्मी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै धर्म लामा गुरु फुरि शेर्पा, डा. सोनिया तामाङसहित अन्य विशिष्ट अतिथिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

ल्होछारको अवसरमा लिस्बनस्थित अलवालादे मेट्रो स्टेसन नजिकै रहेको रिपब्लिका दा म्युजिक कन्सर्ट हलमा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायक चन्द्रकुमार डोङ, राजेश पायल राई, सेलो युवा गायक नग्वाङ लामा, गायक तथा सङ्गीतकार शेखर लामा, युवा गायक सुदिप योन्जनलगायतले आफ्नो प्रस्तुति दिएका थिए । साथै स्थानीय कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहेको थियो ।

आयोजकका अनुसार सांस्कृतिक कार्यक्रममा करिब ९ सय जनाको सहभागिता रहेको थियो, जसले पोर्चुगलमा रहेका नेपाली समुदायबीच आपसी एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १३, मंगलवार १२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP