मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

1.5K
SHARES
शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत पुनको राजीनामाबारे जानकारी दिएका हुन् ।

खनालले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो १’ उनले पुनको निर्णयलाई अभियानप्रतिको प्रतिबद्धतासँग जोडेर उल्लेख गरेका छन् ।

पुनको राजीनामासँगै सरकारभित्र लगातार मन्त्रीहरूले पद त्याग्ने क्रम जारी छ । यसअघि सोमबार सञ्चारमन्त्री जगदीश गरेल र युवा तथा खेलकुदमन्त्री बब्लु यादवले पनि आ–आफ्नो पदबाट राजीनामा दिएका थिए ।

एकपछि अर्को मन्त्रीको राजीनामाले सरकारभित्र राजनीतिक हलचल बढाएको छ भने आगामी दिनमा यसको प्रभाव कति पर्छ भन्ने चासो पनि बढ्दै गएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ६, मंगलवार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP