मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षकको विभत्स हत्या

2.1K
SHARES
सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षकको विभत्स हत्या

सर्लाही । सर्लाही जिल्लामा वन संरक्षकको अत्यन्तै निर्मम तरिकाले हत्या भएको छ । ईश्वरपुर नगरपालिका–२, राइटरखोरस्थित परियोजनाको जंगलमा ४७ वर्षीय रामेश्वर महतोको शव फेला परेको हो ।

रामेश्वर महतो सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु) का रूपमा कार्यरत थिए । घर नजिकैको परियोजनाको जंगलमा उनको टाउको नभएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिबार बिहान करिब ५ बजे घरबाट निस्किएका रामेश्वर दिउँसोसम्म परिवार तथा परियोजनाका सहकर्मीसँग सम्पर्कमा आएनन् । उनको मोबाइल फोन पनि स्विच–अफ रहेपछि परिवार र परियोजनाका कर्मचारीले खोजी सुरु गरेका थिए ।

सुरक्षाकर्मीको सहयोगमा गरिएको खोजीका क्रममा जंगलभित्र उनको शव फेला परेको हो । घटनास्थल नजिकै रगत लागेको बन्चरो पनि भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार बन्चरोले घाँटी काटिएको जस्तो देखिन्छ तर टाउको अहिलेसम्म फेला परेको छैन ।

उनका अनुसार तालिमप्राप्त कुकुरले घटनास्थलबाट केही पर रहेको पोखरीतर्फ संकेत गरेको छ । पोखरीमा जाल हान्ने वा पानी सुकाएर खोजी गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जना व्यक्तिलाई पक्राउ गरिसकेको जनाएको छ । बाँकी अभियुक्तलाई पनि पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीले विश्वास व्यक्त गरेको छ ।

रामेश्वर महतोको विभत्स हत्याले परिवारजन र आफन्त शोकमा डुबेका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २०, आईतवार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP