मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शेखर कोइरालाको आफूनिकट सभापतिहरूसँग गोप्य छलफल

2.4K
SHARES
शेखर कोइरालाको आफूनिकट सभापतिहरूसँग गोप्य छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपत्यकास्थित आफूनिकट जिल्ला सभापतिहरूसँग शुक्रबार बिहान आन्तरिक छलफल गरेका छन् । कोइरालाले विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा पार्टीको हालको विवाद, आगामी रणनीति र महाधिवेशन तयारीबारे विचार विमर्श गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलका अनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै पूर्व सभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए । पोखरेलका भनाइमा, बैठकको मुख्य एजेन्डा पार्टीको संगठनात्मक स्थिति र नेतृत्व तहमा देखिएको मतभेद थियो ।

भेटमा कोइरालाले आफैंले आगामी निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको स्पष्ट सन्देश दिएको बताइएको छ । उनले पार्टीभित्र देखिएका मतभेद र असन्तुलन समाधान गर्न संगठनलाई ताजा जनमतको आधारमा पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

कांग्रेसभित्र हालै बढेको असन्तोष र भावी नेतृत्वको प्रतिस्पर्धी दौडबीच कोइरालाको यो सक्रियता उल्लेखनीय मानिएको छ । उनका निकटस्थ नेताहरूले यो छलफललाई ‘संगठन सुदृढीकरण र आगामी रणनीतिक तयारीको प्रारम्भिक कदम’ भनेर व्याख्या गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार ०६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP