मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन–जी आन्दोलनमा मारिएकाको सामूहिक शवयात्रा

1.1K
SHARES
जेन–जी आन्दोलनमा मारिएकाको सामूहिक शवयात्रा

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको आज सामूहिक शवयात्रा गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएका शवहरू पोष्टमार्टमपछि परिवार र आफन्तलाई जिम्मा दिइएपछि शवयात्रा सुरु भएको हो । मृतकका परिवार, आफन्त, आन्दोलनकर्मी तथा नागरिकहरूको ठूलो भीड शवयात्रामा सहभागी भएको थियो ।

शवयात्रा महाराजगञ्ज, चाबहिल, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर हुँदै तीनकुने घुमेर पशुपति आर्यघाटतर्फ अघि बढाइएको थियो । सयौँ युवाहरू मोटरसाइकलसहित जुलुसमा सहभागी भएका थिए ।

आज १० वटा शव सार्वजनिक यात्रामा निकालिएकोमध्ये ६ जनाको शव नेपाल आर्मीको हेलिकप्टरमार्फत काठमाडौं बाहिर पठाइएको छ । बाँकी ४ जनाको शव भने पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई ‘शहीद’ घोषणा गर्दै राष्ट्रिय झण्डा ओढाई अन्त्येष्टि गर्ने निर्णय गरेको छ । साथै, असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

जेन–जी आन्दोलनमा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् । अधिकांश गोली लागेर मृत्यु भएको भए पनि कतिपयको शव आगोमा जलेको अवस्थामा फेला परेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार ०८:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP