मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते युवाको अवस्थाबारे जानकारी लिइन

1.6K
SHARES
प्रधानमन्त्री कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते युवाको अवस्थाबारे जानकारी लिइन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज अपराह्न वीर अस्पतालस्थित ट्रमा सेन्टर पुगेर उनीहरूको अवस्था अवलोकन गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग कुराकानी गर्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरिन् । आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा धेरै युवा घाइते भएका थिए । प्रधानमन्त्रीको अस्पताल भ्रमणलाई पीडितप्रति सरकारको संवेदनशीलता र सहानुभूतिको संकेतको रूपमा हेरिएको छ ।

३६ जना भर्ना, ६ जनाको आईसीयूमा उपचार
ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार हालसम्म सेन्टरमा ३६ जना घाइते भर्ना भएका छन् । तीमध्ये ६ जनाको सघन उपचार कक्ष (आइसीयु()मा उपचार भइरहेको छ । डा. रिजालले प्रधानमन्त्रीलाई दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

तत्काल शल्यक्रिया सम्भव छैन
डा. रिजालका अनुसार केही घाइतेको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनले प्रधानमन्त्रीलाई केही बिरामीमा शल्यक्रिया आवश्यक भए पनि चोट गम्भीर र संवेदनशील ठाउँमा भएकाले तत्काल शल्यक्रिया गर्न नसकिने अवस्था रहेको जानकारी गराए ।

प्रधानमन्त्री कार्कीले अस्पताल प्रशासनसँग उपचार प्रक्रिया छिटो, प्रभावकारी र उच्च मापदण्डअनुसार गर्न निर्देशन दिएकी छिन् । साथै, घाइतेका परिवारजनसँग पनि सम्वाद गर्दै उनीहरूको भावना बुझ्ने प्रयास गरेकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार ११:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP