मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डा. सन्दुक रुइतको अपिलः ‘सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं’

2.5K
SHARES
डा. सन्दुक रुइतको अपिलः ‘सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं’

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेनजी पुस्तालाई संयमित रहन आग्रह गरेका छन् ।

असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको बताउँदै उनले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि आगजनी वा क्षति पुर्‍याउनु अनुचित हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै डा. रुइतले भनेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु वा नष्ट गर्नु उचित हुँदैन ।’

उनले सबै नागरिक मिलेर देश जोगाउने र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सार्वजनिक सम्पत्ति संरक्षणलाई पहिलो दायित्वका रूपमा लिन अपिल गरे ।

डा. रुइतले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ, सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं। सबै मिलेर देश जोगाऔं, सबै मिलेर देश बनाऔं ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ११:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP