मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बराहक्षेत्रमा खोलाले बगाउँदा एक बेपत्ता, एक घाइते

1.5K
SHARES
बराहक्षेत्रमा खोलाले बगाउँदा एक बेपत्ता, एक घाइते

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्की घाइते भएकी छन् ।

दूधपानी खोलाले बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका हुन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकल सहित उनीहरूलाई खोलाले बगाएको हो । प्रहरी प्रवक्ता योगराज खतिवडाले बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल बराहक्षेत्र–१ दूधपानी खोला तर्दै गर्दा बगेको जानकारी दिएका छन् ।

मोटरसाइकल काठमाडौंबाट धनकुटातर्फ गइरहेको प्रहरीले जनाएको छ । घाइते खड्कीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ०५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP