मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा

1.4K
SHARES
जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रूपैठामा आइतबार हिन्दू समुदाय र प्रहरीबीच झडप भएको छ ।

धनुषा प्रहरीले जनाएको अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा रहेको जानकारी दिए ।

विवादको सुरुवात शनिबार स्थानीय झन्डाचोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले राखेको हरियो झण्डाको विषयमा भएको थियो । गणेश पूजाको मूर्ति विसर्जनबाट फर्किंदै गर्दा हिन्दू समुदायले उक्त झण्डा हटाउन खोजेपछि दुई समुदायबीच झडप भएको हो । त्यस क्रममा प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो र दुई जना घाइते भएका थिए ।

आइतबार दुवै समुदायका अगुवाहरू तथा सुरक्षा प्रशासनबीच छलफल भई सहमतिमार्फत उक्त चोकबाट झण्डा हटाउने निर्णय गरिएको थियो । सहमति अनुसार मुस्लिम समुदायले राखेको झण्डा प्रहरीले हटाएको थियो । तर, त्यसपछि हिन्दू समुदायले राखेको झण्डा हटाउन खोज्दा पुनः ढुंगामुढा सुरु भएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार १४:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP