मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“शिक्षकलाई राजनीति मात्र होइन, संगठन खोल्न पनि रोक लगाउनुपर्छ”

2.1K
SHARES
“शिक्षकलाई राजनीति मात्र होइन, संगठन खोल्न पनि रोक लगाउनुपर्छ”

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले शिक्षकलाई राजनीति गर्न नदिने प्रावधान मात्र पर्याप्त नभएको भन्दै संगठन खोल्न नपाउने व्यवस्था पनि विधेयकमा समावेश गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज (बिहीबार) बिहानको बैठकमा उनले प्राध्यापक तथा शिक्षकहरूलाई राजनीतिक क्रियाकलाप र पेशागत संघसंस्थामा संलग्न हुन रोक लगाउने विषय स्पष्ट हुनुपर्नेमा जोड दिए ।

भण्डारीले भने, “यदि संघ–संस्थामा आवद्ध हुन दिनुहुन्न भने अर्को संगठन खोल्न पनि नपाउने प्रावधान राख्नुपर्छ। होइन भने प्रष्टसँगै संघ–संस्थामा आबद्ध हुन दिने व्यवस्था मिलाउनुपर्छ ।”

त्यस्तै उनले सरुवासम्बन्धी धारामा शिक्षकहरूले व्यक्त गरेको आपत्तिबारे पनि ध्यानाकर्षण गराउँदै खाली पदमा सरुवा हुने प्रावधान विधेयकमा स्पष्ट रूपमा राखिनुपर्ने बताए ।

उनले भने “शिक्षकहरूले खाली भएको ठाउँमा जान पाइयोस् भन्ने माग गरेका छन् । जिल्ला, प्रदेश र गाउँको शिक्षकहरूबाट पनि यस्तो आवाज आएको छ । त्यसैले यसलाई बुझिने गरी विधेयकमा राख्नुपर्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP