मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज पनि गरे रास्वपा र राप्रपाले प्रतिनिधिसभा बहिष्कार

1.2K
SHARES
आज पनि गरे रास्वपा र राप्रपाले प्रतिनिधिसभा बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरेको भन्दै मंगलबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

बैठकमा आफ्ना धारणा राखेका रास्वपा सांसद शिशिर खनाल र राप्रपा सांसद बिना लामाले संसदले माग सम्बोधन नगरेको आरोप लगाउँदै बैठकबाट बाहिरिएका हुन् ।

खनालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन टोली गठन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । यस्तै, सांसद लामाले सरकारले मुद्दालाई हलुका रूपमा लिएको आरोप लगाउँदै छानबिन समिति गठन नै एकमात्र समाधान भएको बताइन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा विवादबारे जेठ १३ गतेदेखि लगातार संसदमा विरोध जारी राख्दै आएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP