मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपा एकीकृत समाजवादीको श्रृंखलाबद्ध बैठक तय, केन्द्रीय कमिटीसम्मको तयारी

2.5K
SHARES
नेकपा एकीकृत समाजवादीको श्रृंखलाबद्ध बैठक तय, केन्द्रीय कमिटीसम्मको तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भदौ पहिलो साताभित्रै पार्टीका तीन महत्वपूर्ण तहका बैठक आयोजना गर्ने निर्णय गरेको छ । यसक्रममा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक क्रमशः भदौ ४, ५ र ८ गते बस्ने भएका छन् ।

महासचिव घनश्याम भुसालका अनुसार भदौ ४ गतेको स्थायी कमिटी बैठक र भदौ ५ गतेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय, अलोकनगरमा हुनेछ । भदौ ८ गतेको केन्द्रीय कमिटी बैठक भने सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा बोलाइएको छ । तीनै बैठक बिहान ११ बजेबाट सुरु हुनेछन् ।

पार्टीका एक नेताका भनाइमा, यी बैठकहरूमा हालको राजनीतिक परिस्थिति, सरकारसँगको सम्बन्ध, संगठन सुदृढीकरण, स्थानीय तहको कार्यसम्पादन मूल्यांकन र आगामी रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ । साथै, जिल्ला र प्रदेश कमिटीको पुनर्गठन, सदस्यता वितरण तथा आन्तरिक अनुशासनसम्बन्धी विषय पनि कार्यसूचीमा रहनेछन् ।

यसअघि पनि एकीकृत समाजवादीले समय–समयमा शीर्ष तहका बैठकमार्फत पार्टीको नीति–दिशा तय गर्ने अभ्यास गर्दै आएको छ । भदौ महिनामा तय गरिएको यो बैठक श्रृंखला आगामी महाधिवेशनको तयारीका दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २४, शनिबार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP