मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीको भारत भ्रमण तयारीका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौं आउने

1.8K
SHARES
ओलीको भारत भ्रमण तयारीका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौं आउने

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पूर्वतयारीका लागि मिश्रीको आगमन तय भएको हो ।

स्रोतहरूका अनुसार मिश्री भदौ १ गते काठमाडौं आउने कार्यक्रम छ । उनले यहाँ रहँदा प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवासहित उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । मिश्रीको नेपाल भ्रमणलाई त्यसैको तयारीस्वरूप कूटनीतिक संवाद र समन्वयका रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP