मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वमाओवादी घटकहरूसँग एकता प्रयास जारी, डा. बाबुरामसँग भने कुनै छलफल छैनः माओवादी केन्द्र

3.9K
SHARES
पूर्वमाओवादी घटकहरूसँग एकता प्रयास जारी, डा. बाबुरामसँग भने कुनै छलफल छैनः माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वमाओवादी पृष्ठभूमिका दलहरूसँग पार्टी एकताको विषयमा छलफल तीव्र रूपमा अगाडि बढिरहेको जनाएको छ । तर डा. बाबुराम भट्टराई नेतृत्वको दलसँग भने एकताको कुनै तयारी वा संवाद नरहेको पार्टी प्रवक्ता अग्नि सापकोटाले स्पष्ट पारेका छन् ।

शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले, “हामी अहिले माओवादी धाराका सबै घटकहरूसँग संवादमा छौं,” भनेका थिए । तर जब पत्रकारहरूले डा. भट्टराईको नाम उठाए, उनले प्रष्ट पारे, “उहाँले कम्युनिस्ट अब काम छैन भनेर नयाँ शक्तिको बाटो रोज्नुभएको हो, त्यसैले उहाँसँग पार्टी एकताका कुनै चर्चा छैन ।”

प्रवक्ता सापकोटाका अनुसार विप्लव नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादीसँग भने एकता सम्बन्धी छलफल सकारात्मक दिशामा अगाडि बढिरहेको छ । “तत्कालै एकता हुन सक्छ, केही समय पनि लाग्न सक्छ । तर विगतको तुलनामा अहिले छलफलहरू घनिभूत छन्,” उनले भने ।

नेकपा एससँगको सम्भावित एकता विषयमा उनले झलनाथ खनालको व्यक्तिगत अभिव्यक्तिलाई पार्टी निर्णयसँग नजोड्न आग्रह गर्दै थपे, “पार्टीको संस्थागत निर्णय स्थायी कमिटी र पोलिटब्युरोबाटै हुन्छ । छलफल चलिरहेकै छ ।”

त्यस्तै, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र रिजवान अन्सारी नेतृत्वको दललाई समाजवादी मोर्चामा समावेश गराउने विषयमा पनि संवाद भइरहेको प्रवक्ता सापकोटाले बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP