मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछाप अनेरास्ववियुमा नेतृत्व फेरबदल, युवराज सुनुवार संयोजक नियुक्त

2.1K
SHARES
रामेछाप अनेरास्ववियुमा नेतृत्व फेरबदल, युवराज सुनुवार संयोजक नियुक्त

रामेछाप । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) रामेछाप जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरिएको छ ।

अखिल केन्द्रीय कार्यालयले नयाँ सर्कुलर जारी गर्दै जिल्ला संयोजकको जिम्मेवारी युवराज सुनुवारलाई प्रदान गरेको हो । यसअघि संयोजक रहेका पुष्कर भट्टराई हालै सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पद रिक्त भएको थियो ।

भट्टराईको पद रिक्त भएपछि बसेको केन्द्रीय सचिवालय बैठकले सचिवका रूपमा रहेका सुनुवारलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । भट्टराईलाई अब रामेछाप जिल्ला इन्चार्जको भूमिका दिइएको छ ।

संगठनको सह–संयोजकको रूपमा गोपाल तामाङलाई नियुक्त गरिएको छ । नयाँ संयोजक सुनुवार लिखु तामाकोशी गाउँपालिका–१, दुरागाउँका स्थायी बासिन्दा हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार ०५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP