मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनुवार सेवा समाजद्वारा ‘टेकबहादुर र विष्णुमाया सुनुवार स्मृति कला तथा साहित्य पुरस्कार’का लागि आवेदन आह्वान

5.3K
SHARES
सुनुवार सेवा समाजद्वारा ‘टेकबहादुर र विष्णुमाया सुनुवार स्मृति कला तथा साहित्य पुरस्कार’का लागि आवेदन आह्वान

काठमाडौं । सुनुवार सेवा समाज, संघीय समिति काठमाडौंले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ‘टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति कला तथा साहित्य पुरस्कार’को लागि आवेदन तथा सिफारिस आह्वान गरेको छ ।

कोइँच भाषा तथा संस्कृतिमा आधारित कला तथा साहित्य सिर्जनामा योगदान पुर्याएका व्यक्ति वा संस्थालाई प्रदान गरिने यस पुरस्कारका लागि समाजले सूचना प्रकाशित गरेको हो । इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन वा सिफारिस पेश गर्न सकिने समाजले जनाएको छ ।

आवेदन वा सिफारिस गर्दा संलग्न गर्नुपर्ने विवरण तथा कागजात
— व्यक्ति वा संस्थाको विस्तृत विवरण (नाम, थर, आमाबुबाको नाम, विवाहित भए पति/पत्नीको नाम)

— व्यक्तिगत विवरण

— सम्पर्क ठेगाना, मोबाइल नम्बर र इमेल

— सुनुवार सेवा समाजको सदस्यता परिचयपत्रको प्रतिलिपि

— पासपोर्ट साइजका दुई प्रति फोटो

— प्रकाशित कृतिहरुको विवरण (एक प्रति कृति अनिवार्य)

— प्रकाशित कृति नभएको अवस्थामा प्रतिभा पुष्टि गर्ने अन्य सामग्री

— सुनुवार सेवा समाज मातहतका समितिको सिफारिस

समाजले प्राप्त सिफारिस वा विवरणपत्रहरू छनोट समितिको जानकारी प्रयोजनका लागि मात्र सीमित रहने स्पष्ट पारेको छ ।

आवेदन सुनुवार सेवा समाज, संघीय समिति, काठमाडौंमा पठाउनुपर्ने छ ।

यस पुरस्कारमार्फत कोइँच भाषा, संस्कृति, साहित्य र कलामा विशेष योगदान पुर्याउने स्रष्टा तथा संस्थाको सम्मान गर्दै उनीहरूको कार्यलाई सार्वजनिक रूपमा प्रोत्साहन गर्ने उद्देश्य समाजले लिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP