मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोर्चुगल एनआरएनए अध्यक्षमा सुजन मोक्तान निर्वाचित

6.6K
SHARES
पोर्चुगल एनआरएनए अध्यक्षमा सुजन मोक्तान निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको अध्यक्षमा सुजन लामा मोक्तान निर्वाचित भएका छन् । १९ जुलाईमा सम्पन्न दशौँ राष्ट्रिय एकता महाधिवेशनमा अध्यक्ष र कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा निर्विरोध उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले २० जुलाईमा नतिजा सार्वजनिक गर्दै अध्यक्षमा सुजन तामाङ मोक्तान र कोषाध्यक्षमा अशोक जोशी निर्वाचित भएको घोषणा गरेको हो । अध्यक्ष पदका लागि दीपा काफ्ले र कोषाध्यक्षका लागि सविन पौडेलले प्रतिस्पर्धा गरेका थिए ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा राजकुमार गुरुङ, विनोद बुढाथोकी र सरिता शर्मा निर्विरोध चयन भए । त्यस्तै, उपाध्यक्ष पदमा प्रेमबहादुर बुढाप्रिती, गणेश गुरुङ, शिवराज राई, सुप्रेश गिरी, सुदन निउरे, विष्णुबहादुर घती र सरस्वती खनाल निर्विरोध निर्वाचित भए ।

महिला उपाध्यक्षको जिम्मेवारी पेमा डोमा शेर्पाले सम्हाल्ने भएकी छन् । सचिव पदमा सुरज राज भण्डारी, पुष्कर राज जोशी र सुवास पौडेल निर्विरोध चुनिए । सह–कोषाध्यक्षमा प्रभा अधिकारी र युवा संयोजकमा पेम्बा शेर्पा पनि प्रतिस्पर्धाविहीन निर्वाचित भए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP