मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नायव महान्यायाधिवक्ता डा. घिमिरेले अवकाशअघि नै राजीनामा दिए

1.7K
SHARES
नायव महान्यायाधिवक्ता डा. घिमिरेले अवकाशअघि नै राजीनामा दिए

काठमाडौं । नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले आफ्नो सेवा अवधिभरको कार्यकाल पूरा नहुँदै स्वेच्छिक राजीनामा दिएका छन् । उनको राजीनामा सरकारले स्वीकार गरिसकेको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा डा. घिमिरेले पेश गरेको राजीनामा स्वीकृत गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत उनले भने, ‘डा. घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी स्वेच्छिक अवकाश माग गर्नुभएको थियो, जुन स्वीकृत गरिएको छ ।’

मन्त्रिपरिषदको उक्त बैठकले अन्य केही महत्वपूर्ण निर्णय पनि गरेको छ।
सार्वजनिक वित्त प्रणाली सुदृढ गर्न विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ । यो अनुदान विकास प्रभावकारिता प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइँदैछ ।

त्यस्तै, चीन सरकारको सहयोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट (हड्डी मज्जा प्रत्यारोपण) चिकित्सा सेवा विस्तार गर्न लागिएको छ । यस परियोजना कार्यान्वयनका लागि दुई मुलुकबीच विनिमय पत्रमा हस्ताक्षर गर्न सरकारले अनुमति प्रदान गरेको छ ।

यी हुन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरुः

१. २०८२ साउन १३ देखि १५ गतेसम्म भूटानको राजधानी थिम्पुमा आयोजना हुने प्रोमोटिङ्ग एग्रोकोलोजिकल अपर्चेज फर सस्टेनेबल ट्रान्सफरमेसन अफ एग्रि फुड सिस्टम इन साउथ एशिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने ।

२. २०८२ साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने २०२५ इन्टरनेशनल कन्फ्रेन्स अन रेडुसिङ फुड लस एण्ड वेस्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा।गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

३. कृषि तथा पशुपंक्षी २०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेण्ड युनाइटेड नेशनल फुड सिस्टम समिट स्टकटेकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

४. २०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।

५. भारतीय सेनाले आयोजना गर्ने १३ औं एडिशन अफ डुरान्ड कप फुटबल टुर्नामेण्ट २०२५ को उदघाटन समारोह र नेपाली सेनाको फुटबल टिमको उदघाटन खेलमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने ।

६. नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने ।

७. २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५औं मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाक्टिङ पेरिटाइज टु द कन्भेन्सन अन वेटल्याण्ड कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा वि.क.लाई स्वीकृति प्रदान गर्ने ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०७:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP