मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभरका ६ मुख्य राजमार्ग बाढी र पहिरोले ठप्प

2.2K
SHARES
देशभरका ६ मुख्य राजमार्ग बाढी र पहिरोले ठप्प

काठमाडौं । लगातारको झरीपछि आएका बाढी र पहिरोले मुलुकका विभिन्न ६ वटा प्रमुख राजमार्ग पूर्णरूपमा बन्द भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार ती सडकहरू अहिले सम्पूर्ण रूपमा अवरुद्ध छन् ।

पूर्वी नेपालमा संखुवासभा हुँदै जाने कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग र तमोर–कोरिडोर मार्ग अवरुद्ध भएका छन् । ती सडकमा यातायात ठप्प छ र जोखिम पनि कायमै रहेको प्रहरीले जनाएको छ ।

मध्य नेपालतर्फ गण्डकी प्रदेशमा पर्ने नवलपरासी पूर्वको कालिगण्डकी करिडोर पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमबाट जाजरकोट हुँदै डोल्पा जोड्ने भेरी करिडोर सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जानकारी दिएको छ ।

यसबाहेक अन्य पाँच सडक खण्डहरू भने आंशिकरूपमा सञ्चालनमा छन्, जसमा सवारी आवागमन एकतर्फी मात्र सम्भव रहेको बताइएको छ ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै, स्थानीय निकाय र सडक डिभिजन कार्यालयहरूलाई सडक खुलाउन सक्रिय रूपमा परिचालन गरिएको जानकारीसमेत दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP