मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्लाहीमा ट्रकमा करेन्ट लागेर सहचालकको ज्यान गयो, दुई गम्भीर घाइते

2.3K
SHARES
सर्लाहीमा ट्रकमा करेन्ट लागेर सहचालकको ज्यान गयो, दुई गम्भीर घाइते

काठमाडौं । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार, मृतक रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान हुन्, जो ट्रकका सहचालक थिए । घटनामा सोही ठाउँका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका छन् ।

बिहीबार बिहान करिब ६ः४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा लोडिङको क्रममा दुर्घटना भएको हो । न्युँ माँ राजदेवी राइस मिल, लालबन्दीमा भुस राख्ने क्रममा ट्रकले ११ हजार भोल्ट क्षमताको विद्युत् तार छोएको थियो । करेन्ट लागेको कारण ट्रकमा रहेका तीनै जना चपेटामा परेका थिए ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको टोलीले तत्कालै घाइतेहरूलाई उद्धार गरी हरिवनस्थित नमुना अस्पताल पुर्याएको थियो । तर, उपचारका क्रममा सहचालक दिनेश पासवानको ज्यान गएको प्रहरीले जनाएको छ । बाँकी दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १, बिहीबार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP