मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

754
SHARES
पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर आज मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

तराईका अधिकांश भू–भागमा भने राति मौसम मुख्यतः सफा रहनेछ । यद्यपि, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १४, बुधबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP