मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकाका सात स्थानबाट आज एलपी ग्यास बिक्री हुँदै

741
SHARES
काठमाडौं उपत्यकाका सात स्थानबाट आज एलपी ग्यास बिक्री हुँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आज आइतबार काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।

अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले ग्यास बिक्रीको व्यवस्था मिलाएको जनाएको छ । ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।

निगमका अनुसार बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म निम्न स्थानबाट ग्यास बिक्री हुनेछः

  • टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर
  • पशु सेवा शाखा, चपली
  • राधास्वामी, कीर्तिपुर
  • तारकेश्वर नगरपालिका परिसर
  • नयाँबजारस्थित जुडो हल परिसर
  • चन्द्रागिरी नगरपालिका कार्यालय
  • राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी

यी बिक्री केन्द्रमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ । अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले बिक्रीको व्यवस्था गरिएको निगमको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ३१, आईतवार ००:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP