मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘महागोयबल्स’ शैली हावी भएको ओलीको टिप्पणी, सत्यभन्दा झूटको प्रचार बढेको दाबी

468
SHARES
‘महागोयबल्स’ शैली हावी भएको ओलीको टिप्पणी, सत्यभन्दा झूटको प्रचार बढेको दाबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समाजमा झूटलाई सत्यका रूपमा स्थापित गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई ‘महागोयबल्स’ शैलीको संज्ञा दिएका छन् । उनका अनुसार अहिले गलत सूचना र भ्रमलाई निरन्तर दोहोर्‍याएर जनमानसमा सत्यजस्तै स्थापित गर्ने प्रयास भइरहेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गर्दै ओलीले समाजमा सत्यभन्दा असत्यको प्रभाव बढ्न थालेको चिन्ता व्यक्त गरे । उनले तथ्यलाई उल्ट्याएर प्रस्तुत गर्ने र त्यसैलाई सही ठान्ने वातावरण विकसित भएको बताए ।

ओलीले इतिहासको प्रसंग जोड्दै नाजी जर्मनीका प्रचारमन्त्री पल जोसेफ गोयबल्सले झूटलाई बारम्बार दोहोर्‍याएर सत्यजस्तो देखाउने रणनीति अपनाएको स्मरण गरे । अहिले भने त्योभन्दा पनि अगाडि बढेर झूटलाई व्यापक रूपमा स्थापित गर्ने अभ्यास भइरहेको भन्दै उनले त्यसलाई ‘महागोयबल्स’ शैलीको संज्ञा दिए ।

उनले समाजमा कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर व्याख्या गर्ने प्रवृत्ति बढेको उल्लेख गरे । यस्तो अवस्थाले सत्यप्रतिको विश्वास कमजोर बन्दै गएको र मानिसहरू भ्रमपूर्ण सूचनाबाट प्रभावित हुन थालेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले अहिलेको अवस्थाले समाज सत्य बोल्न र सत्य स्वीकार गर्नबाट टाढिँदै गएको हो कि भन्ने चिन्ता पैदा गरेको बताए । गलत सूचना र दुष्प्रचारले सामाजिक सोच र जनमत दुवैलाई प्रभावित गरिरहेको उनको तर्क थियो ।

त्यसैले सूचना प्रविधिको सकारात्मक प्रयोगमार्फत सही सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । डिजिटल माध्यमलाई विश्वसनीय सूचना, संगठन सुदृढीकरण र जनतासँग प्रभावकारी सम्पर्क विस्तारका लागि उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमालेको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरिएको थियो । ओलीले यसलाई पार्टीलाई अझ आधुनिक, प्रविधिमैत्री र जनतासँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण पहलका रूपमा व्याख्या गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १, शुक्रबार ०९:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP