मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली विकास बैंकको सेयर कारोबार स्थगित

1K
SHARES
कर्णाली विकास बैंकको सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेपछि कर्णाली विकास बैंकको सेयर कारोबार रोकिएको छ।

राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापनको जिम्मा लिएको छ। सोही निर्णयसँगै बिहीबारदेखि बैंकको संस्थापक तथा साधारण सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ।

बुधबार सार्वजनिक बिदाका कारण सेयर कारोबार नभएको थियो। मंगलबार कारोबार बन्द हुँदा कर्णाली विकास बैंकको प्रतिकित्ता सेयर मूल्य ८१० रुपैयाँमा रहेको थियो। विगत एक वर्षको अवधिमा बैंकको सेयर मूल्य न्यूनतम ३२० रुपैयाँदेखि अधिकतम ८७० रुपैयाँसम्म पुगेको थियो।

यसअघि पनि राष्ट्र बैंकले नेपाल बैंक र एनबी बैंकजस्ता ‘क’ वर्गका बैंकहरूलाई टेकओभर गरी आर्थिक स्थायित्व कायम गरेको थियो।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष ११, बिहीबार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP