मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोर्चुगलमा सोनाम ल्होसार २०२६ मनाउन ४५ सदस्यीय समिति गठन

3.4K
SHARES
पोर्चुगलमा सोनाम ल्होसार २०२६ मनाउन ४५ सदस्यीय समिति गठन

लिस्बन । राष्ट्रिय पर्व मञ्जुश्री सम्बत २८६२औँ सोनाम ल्होसार तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ भव्यताका साथ सम्पन्न गर्न ४५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । गत साता लिस्बनस्थित ब्लुमुन रेस्टुरेन्टमा बसेको राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष फुर्पा तामाङको अध्यक्षतामा सम्पन्न बैठकले पदपूर्ति तथा कार्य विभाजनसम्बन्धी निर्णयसमेत गरेको छ। बैठकबाट रिक्त उपाध्यक्ष पदमा सवि लोप्चान र एलिना तामाङ चयन भएका छन् । यसैगरी साङदोर्जे लामा सचिव, लमिन तामाङ सह–कोषाध्यक्ष र सम्झना लामा महिला संयोजक चयन भएका छन् ।

राजेश लामा युवा संयोजक, तेन्जिङ लामा संयोजक (पिकोइस) तथा भीम तामाङ संयोजक (मन्तिजो) नियुक्त भएका छन् । सुरेश लामा, होमराज तामाङ, चन्द्र लामा, भूमि लामा र कबिर तामाङ सदस्य बनेका छन् ।

कार्य विभाजनअनुसार विशेष विभागको संयोजकमा सुजन लामा चयन हुँदा पदम लामा, काजी लामा र भीम लामा सदस्य छन् । फुर्पा तामाङ संयोजक रहेको मूल समारोह समितिमा युवराज घलान सह–संयोजक रहेका छन् । सदस्यहरूमा सवि लोप्चान, सबिन मनङथेन, सोनाम तामाङ, एलिना लामा, पासाङ लामा, राजु लामा, उदास लामा, लमिन लामा, सम्झना लामा, राजेश लामा, साङदोर्जे लामा, बुद्धि तामाङ, लक्ष्मी लामा, लोप्साङ लामा, सुनिल लामा, देवाङ लामा र त्रीपाल लामा छन् ।

प्रचार–प्रसार विभागको संयोजक राजु लामा छन् भने फुर्पा तामाङ, उदास लामा, सम्झना लामा र साङदोर्जे लामा सदस्य छन् । आर्थिक विभागको संयोजक उदास लामा र सह–संयोजक पदम लामा चयन भएका छन् । सदस्यहरूमा लमिन लामा, तेन्जिङ लामा, सम्झना लामा, एलिना लामा र भीम लामा छन् ।

कार्यक्रम व्यवस्थापन विभागको संयोजक साङदोर्जे लामा रहेका छन् । सदस्यहरूमा राजु लामा, राजेश मोक्तान लामा, त्रीपाल लामा, दीपक लामा, राजन तामाङ, चन्द्र लामा र बुद्धिमान तामाङ छन् । कलाकार व्यवस्थापन विभागको संयोजक राजेश मोक्तान र सदस्य निशा लामा तथा लमिन लामा छन् ।

सांस्कृतिक विभागको संयोजक लमिन लामा चयन हुँदा विमला लामा र सुरेश लामा सदस्य बनेका छन् । मञ्च सजावट विभागको संयोजक निशा लामा तथा एलिना लामा, राजन तामाङ र सुमन लामा सदस्य छन् । अतिथि सत्कार विभागको संयोजक सम्झना लामा र सदस्य फुर्सला दोङ, निर्सला दोङ र उर्मिला तामाङ छन् ।

पान–सत्कार तथा खानपिन व्यवस्थापन विभागको संयोजक एलिना लामा र सदस्य लक्ष्मी लामा तथा सुनिल लामा छन् । यातायात व्यवस्थापन विभागको संयोजक तेन्जिङ लामा चयन भएका छन् । पूजा–पाठ समितिको संयोजक लामा गुरु रहेका छन् ।

स्वयंसेवक विभागको संयोजक युवराज घलान र सह–संयोजक राजकुमार लामा छन् । सदस्यहरूमा होमराज लामा, सुमन लामा, भूमि लामा, कबिर लामा, डेबिट लामा र सुरेश लामा छन् । क्षेत्रीय संयोजकहरूमा सवि लोप्चान (मदेरा), भीम लामा (पिकोइज), निकी लामा (अलमादा) र सानु कान्छा तामाङ (सिन्त्रा) चयन भएका छन् ।

समितिले पोर्चुगलमा रहेका तामाङ समुदायसहित सबै नेपालीको सहभागितामा सोनाम ल्होसार २०२६ लाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १३, आईतवार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP