मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

286
SHARES
पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशमा वर्षा तथा हावाहुरीको सम्भावना औंल्याएको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णालीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि अनुमान गरिएको छ ।

यस्तै, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभाग र कोशीको तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कर्णालीको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी स्थानको मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । साथै, तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना कायमै रहनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३, आईतवार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP